आठौं अर्किड कप : माउन्ट सेब क्वाटरफाइनलमा
काठमाडौंँ । माउन्ट सेब आठौं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
माउन्ट सेबले युनाइटेड युनिभर्सललाई टाइब्रेकरमा ३–२ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो । ब्रम्हकुञ्जले कौटिल्यलाई १–० ले हराउदै क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो । राजदीप पण्डितले निर्णायक गोल गरे ।
काँडाघारीस्थित अर्किड प्युपल स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा नेक्सस एकेडेमी र श्रमशील विद्या पीठ प्रिक्वाटरफाइनलमा पुगे ।
नेक्ससले उज्ज्वल तारामाथि ४–० को सहज जित दर्ता ग¥यो । नेक्ससका जयसन कार्की र सुरज स्याङतानले समान २–२ गोल गरे । श्रमशीलले कौस्तुभ एकेडेमीलाई १–० गोलले पाखा लगायो ।

टिप्पणी लेख्नुहोस्