लेख विवरण

ललितपुर क्वाटरफाइनलमा

ललितपुर क्वाटरफाइनलमा

काठमाडौंँ । ललितपुर महानगरपालिका दोश्रो कीर्तिपुर नगरपालिका यु–१८ राष्ट्रव्यापी अन्तर स्थानिय तह पुरुष बास्केटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुर कभर्डहलमा ललितपुरले वीराटनगर महानगरपालिकालाई ७९–५८ ले पराजित ग¥यो । ललितपुरका रौनक गोपालीले २५ अंक जोडे ।

कीर्तिपुर नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगितामा बुटवल उपमहानगरपालिका र काभ्रेको पाँचखाल नगरपालिका विजयी भए ।

बुटवलले दाङको घोराही उपमहानगरपालिकालाई ७६–५४ ले हरायो । बुटवलका आदर्श कुँवरले २७ स्कोर गरे । पाँचखालले तार्केश्वर नगरपालिकालाई ६७–६२ ले पाखा लगायो । पाँचखालका साज्हन गिरीले २९ अंक बटुले ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.