तेक्वान्दोका मुख्य प्रशिक्षक नवीन क्यानडामा सम्मानित
काठमाडौंँ । एभरेस्ट तेक्वान्डो एकेडेमी क्यानडाद्वारा आयोजित दोश्रो इटीए टेबलटेनिस प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमको सु अवसरमा तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई सम्मानित गरिएको छ।
क्यानडाको भ्यानकुभर सहरमा आयोजना भएको क्यानडा ओपन तेक्वान्डो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेपश्चात टोरोनटो भ्रमणमा रहेका मुख्य प्रशिक्षक श्रेष्ठलाई क्यानाडाको ब्राम्पटन सहरका मेयर प्याट्रिक ब्राउन तथा एभरेस्ट तेक्वान्दो एकेडेमीका सञ्चालक एवं अन्तर्राष्ट्रिय रेफ्री धीरेन्द्र शाहीले नेपाली तेक्वान्दो खेलकुदप्रति गरेको प्रशंसनीय योगदानको उच्च कदर गर्दै सम्मान गरेका थिए।
कार्यक्रममा एनआरएनए क्यानडा लगायतविभिन्न संघसंस्थाका प्रतिनिधि खेलाडी दर्शकहरूका साथै क्यानडामा रहेका नेपाली तेक्वान्दो पुर्ब प्रशिक्षक एवं तेक्वान्दो खेलाडीहरूको उपस्थिती रहेको थियो।

टिप्पणी लेख्नुहोस्