लेख विवरण

आठौं अर्किड कप : गोल्डेन बड क्वाटरफाइनलमा

आठौं अर्किड कप : गोल्डेन बड क्वाटरफाइनलमा

काठमाडौंँ । गोल्डेन बड आठौं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

काँडाघारीस्थित आयोजक अर्किडको मैदानमा गोल्डेन बडले मिलन धर्मस्थलीलाई ३–१ गोलले पराजित ग¥यो । गोल्डेन बडका कुन्जोक लामा, चन्दन थापा र आदित्य थामीले गोल गरे । धर्मस्थलीका रोशन तामाङले सान्त्वना गोल गरे ।

श्री सञ्जय साइ, अक्षरिका, गेटवे र बाल गीताञ्जली पनि आ–आफ्नो खेल जित्दै क्वाटरफाइनलमा पुग्न सफल भए । सञ्जय साइले गणेश हिमाललाई २–० गोलले हरायो । विजयी टिमका लागि पुस्कर खड्काले १ गोल गरे भने अर्को गोल आत्माघाती थियो । अक्षरिकाले एपेक्स लाइफलाई सडन डेथमा पाखा लगायो ।

गेटवेले नेक्ससको चुनौती २–१ गोलले समाप्त पा¥यो । गेटवेका कृष्ण श्रेष्ठ र रजत बस्नेतले गोल गरे । नेक्ससका सुरज स्याङतानले १ गोल फर्काए । बाल गीताञ्जलीले श्रमशील विद्या पीठको यात्रा पेनाल्टी सुटआउटमा ५–० गोलले पूर्णविराम लगायो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.