लेख विवरण

द चाँदबाग दोश्रो कम्फेस्ट : ज्ञानोदय सेमिफाइनलमा

द चाँदबाग दोश्रो कम्फेस्ट : ज्ञानोदय सेमिफाइनलमा

काठमाडौंँ । ज्ञानोदय द चाँदबाग स्कुल दोश्रो कम्फेस्टअन्तर्गत यु–१२ ब्वाइज बास्केटबलमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

बाँसवारीस्थित आयोजक द चाँदबाग स्कुलको कोर्टमा ज्ञानोदयले बौद्ध चिल्ड्रेन हेभनलाई ९–८ ले पराजित ग¥यो । प्यारागनले जेभियर इन्टरनेसनललाई २०–७, गुहेश्वरीले बीडीएसलाई १०–२ र मनास्लुले होली भिजनलाई १४–६ ले हराउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

यु–१२ गर्ल्स बास्केटबलमा निसर्ग वाटिकाले लिटिल वन्डरलाई ५–२, चेल्सीले चाँदबाग ‘ए’ लाई १०–५, रिब्सले चाँदबाग ‘बी’ लाई ८–३ र बौद्ध चिल्ड्रेन हेभनले काष्ठमण्डपलाई १२–२ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान बनाए ।

यु–१२ ब्वाइज फुटबलमा चाँदबाग ‘बी’ ले लिटिल वन्डरलाई ५–४ (टाइब्रेकर), जेभियरले संस्कृतिलाई २–१, बोधीसदनले एलआरआईलाई ३–०, गुहेश्वरीले रिब्सलाई १–०, जोन डेवीले रेडिअन्ट पब्लिकलाई १–०, क्याम्पियनले चाँदबाग ‘ए’ लाई ३–२, टीआईएले चाँदबाग ‘सी’ लाई ५–० र काष्ठमण्डपले थ्री स्टारलाई २–० गोलले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.