रणजी जित्ने टोलीका खेलाडीहरुलाई १ करोड नगद र बीएमडब्लू कार दिने घोषणा
काठमाडौंँ । रणजी ट्रफीको जारी सिजनमा हैदरावाद टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्लेट समूहमा शीर्ष स्थान हासिल गरेको छ । सोही टोलीले अन्तिम खेलमा मेघालयलाई पराजित गर्दै प्लेट ग्रुपको उपाधि जितेको थियो । यो जितपछि हैदरावाद क्रिकेट संघका अध्यक्ष जगन मोहन राव अरिष्णापल्लीले आगामी तीन सिजनमा रणजी एलिट ट्रफी जित्ने हैदराबादका खेलाडीलाई ठूलो पुरस्कार दिने घोषणा गरेका छन् । बोर्डका अध्यक्षले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै यसबारे जानकारी दिएका हुन् ।
अरिशनापल्लीले आफ्नो सामाजिक सञ्जाल 'एक्स' मा एक पोस्ट शेयर गर्दै लेखेका छन्, "प्रत्येक खेलाडीलाई बीएमडब्लू कार र टोलीलाई १ करोड नगद पुरस्कार। यदि टिमले आगामी ३ वर्षमा रणजी एलिट ट्रफी जित्यो भने ।" उनले बीसीसीआई, हैदरावाद क्रिकेट एसोसिएसन, सचिन तेन्दुलकर, बीसीसीआई सचिव जय शाह लगायत धेरै एकाउन्टलाई उक्त पोस्ट ट्याग गरेका छन् ।
ए जगनमोहनले मंगलबार प्लेट ग्रुपको उपाधि जितेपछि टोलीलाई १० लाख नगद पुरस्कार दिने घोषणा गरेका छन् भने टिमका कप्तान तिलक वर्मा, तन्मय अग्रवाल, तनय त्यागराजन, नितिश रेड्डी र प्रग्नय रेड्डीलाई ५० हजार नगद पुरस्कार दिने घोषणा गरेका छन् । प्लेट ग्रुपजितेसँगै हैदरावादले अर्को सिजन रणजी ट्रफी एलिट ग्रुप 'सी' मा खेल्नेछ ।
रणजी ट्रफी प्रतियोगिता दुई ढाँचामा खेलिन्छ। एउटा एलिट ग्रुप र अर्को प्लेट ग्रुप । प्लेट समूह जित्ने टोली अर्को सिजन एलिट समूहमा खेल्न योग्य हुन्छ। त्यस्तै एलिट ग्रुपमा खराब खेल्ने टिमहरु प्लेट ग्रुपमा जान्छन् । एलिट ग्रुपमा ६ टिम र प्लेट ग्रुपमा ३२ टिम रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउछन् ।
BMW CAR TO EACH PLAYER & 1 Cr cash Reward to Team.
— Jagan Mohan Rao Arishnapally (@JaganMohanRaoA) February 20, 2024
If the team wins the Ranji Elite Trophy in Next 3 years.@hydcacricket @BCCI @JayShah @sachin_rt @DHONIism @IPL @srhfansofficial @CSKFansOfficial pic.twitter.com/cONhQQBTVg

टिप्पणी लेख्नुहोस्