लेख विवरण

चाँदबाग स्कुल कम्फेस्ट : फाइनलमा प्यारागन र मनास्लु भिड्ने

चाँदबाग स्कुल कम्फेस्ट : फाइनलमा प्यारागन र मनास्लु भिड्ने

काठमाडौंँ । प्यारागन र मनास्लु द चाँदबाग स्कुल दोश्रो कम्फेस्टअन्तर्गत यु–१२ ब्वाइज बास्केटबलमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

प्यारागनले गुहेश्वरीलाई २७–१३ तथा मनास्लुले ज्ञानोदयलाई ११–९ ले पराजित गरे । यु–१२ गल्र्स बास्केटबलमा बौद्ध चिल्ड्रेन हेभनले निसर्ग वाटिकालाई १२–४ तथा चेल्सीले रिब्सलाई १२–११ ले हराउदै उपाधि भिडन्त पक्का गरे ।

यु–१२ ब्वाइज फुटबलमा टीआईए र गुहेश्वरी उपाधिका लागि भिड्ने भएका छन् । टीआईएले बोधीसदनलाई टाइब्रेकरमा २–१ तथा गुहेश्वरीले जोन डेवीलाई २–० गोलले हराए । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.