लेख विवरण

काष्ठमण्डप अन्तर ए लेभल बास्केटबल आइतबारदेखि

काष्ठमण्डप अन्तर ए लेभल बास्केटबल आइतबारदेखि

काठमाडौंँ । काष्ठमण्डप ए लेभल एकेडेमीको आयोजनामा सातौं काष्ठमण्डप अन्तर ए लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

प्रतियोगितामा हालसम्म ब्वाइजमा ८ तथा गर्ल्समा ४ टिमको सहभागिता निश्चित भइसकेको आयोजकका इसीए कोओर्डिनेटर सुन्दर बुढाथोकीले जनाएका छन् । उनले टिम दर्ताका लागि शनिबार अन्तिम दिन भएकाले केहि टिम बढ्न सक्ने अपेक्षा गरेका छन् ।

ब्वाइजमा बूढानीलकण्ठ डिफेन्डिङ च्याम्पियन हो । गर्ल्सको प्रतिस्पर्धा पहिलोपटक समावेश गरिएको हो । दुईदिने प्रतियोगिताका खेलहरु मण्डिखाटारस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.