लेख विवरण

अन्तर स्थानिय तह बास्केटबल : अन्नपूर्ण सेमिफाइनलमा

अन्तर स्थानिय तह बास्केटबल : अन्नपूर्ण सेमिफाइनलमा

काठमाडौंँ । दुवै अन्नपूर्ण गाउँपालिका दोश्रो कीर्तिपुर नगरपालिका यु–१८ राष्ट्रव्यापी अन्तर स्थानिय तह पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । कास्की र म्याग्दीको अन्नपूर्ण गाउँपालिका सेमिफाइनलमा पुगेका हुन् ।

कास्कीको अन्नपूर्णले बुटवल उपमहानगरपालिकालाई ६१–५२ ले पराजित ग¥यो । अन्नपूर्णको जितम केशव पुनले २१ अंक योगदान गरे । सुजन परियारको २० अंक सहयोगमा डिफेन्डिङ च्याम्पियन म्याग्दीको अन्नपूर्णले भक्तपुर नगरपालिकालाई ९५–२९ ले सहजै हरायो ।

कीर्तिपुर नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगितामा नागार्जुन नगरपालिका र आयोजक कीर्तिपुर नगरपालिका पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।

नागार्जुनले काभ्रेको पाँचखाल नगरपालिकालाई ८८–७२ ले पाखा लगायो । नागार्जुनका प्रनिश तिमल्सिनाले २४ स्कोर गरे । कीर्तिपुरले ललितपुर महानगरपालिकालाई ७१–६८ ले पन्छायो । कीर्तिपुरका शभम् सैंजुले १८ अंक बटुले । सेमिफाइनलमा कीर्तिपुरको भेट म्याग्दीको अन्नपूर्णसंग हुनेछ भने कास्कीको अन्नपूर्णले नागार्जुनसंग खेल्ने छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.