लेख विवरण

अर्किड कपको सेमिफाइनल समीकरण तयार

अर्किड कपको सेमिफाइनल समीकरण तयार

काठमाडौंँ । अर्किड स्कुलको आयोजनामा भइरहेको आठौं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । शुक्रबार हुने सेमिफाइनलमा ब्रम्हकुञ्जले गेटवे एकेडेमी तथा गोल्डेन बडले माउन्ट सेब विरुद्ध खेल्ने भएका छन् ।

क्वाटरफाइनलमा ब्रम्हकुञ्जले श्री सञ्जय साइलाई २–१ गोलले पराजित ग¥यो । ब्रम्हकुञ्जका प्रयास गुरुङ र आदित्य श्रेष्ठले समान १–१ गोल गरे । गेटवेले अक्षरिकालाई ४–१ गोलले हरायो । गेटवेका कृजल श्रेष्ठले २ तथा रजत बस्नेत र उत्सव कार्कीले समान १–१ गोल गरे । अक्षरिकाका निशान्त थापाले सान्त्वना गोल गरे ।

गोल्डेन बडले बाल गीताञ्जलीमाथि ५–० को आराम्दायी जित दर्ता ग¥यो । गोल्डेन बडका कान्जोक लामा र चन्दन ठाकुरले समान २–२ तथा सिवेन सुनुवराले १ गोल गरे । माउन्ट सेबले त्रिज्योतिलाई टाइब्रेकरमा ४–३ गोलले पाखा लगायो । निर्धारित समयको गोलरहित बराबरीमा सकिएको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.