लेख विवरण

जिल्लास्तरीय तेक्वान्दो शनिबार

जिल्लास्तरीय तेक्वान्दो शनिबार

काठमाडौंँ । लैनचौर तेक्वान्दो डोजाङको आयोजनामा लैनचौर काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगिताअन्तर्गत ग्योरोगीमा १८ र पुम्सेमा ८ गरी जम्मा २६ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजाङका अध्यक्ष रामबहादुर रजकले जनाएका छन् । करिब ४ सय खेलाडीको सहभागिता रहने डोजाङ प्रमुख गौरव रजकले जानकारी गराए ।

एकदिने प्रतियोगिताका खेलहरु लैनचौर खेल मैदानमा हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.