लेख विवरण

बलात्कार आरोपमा ब्राजिलका फुटबलर अल्भेसलाई साढे चार वर्ष जेल सजाय

बलात्कार आरोपमा ब्राजिलका फुटबलर अल्भेसलाई साढे चार वर्ष जेल सजाय

काठमाडौंँ । स्पेनको एक अदालतले पूर्व ब्राजिलीयन अन्तर्राष्ट्रिय खेलाडी डानी आल्भेसलाई साढे चार वर्षको जेल सजाय सुनाएको छ । सन् २०२२ डिसेम्बरमा आल्भेसलाई बार्सिलोनाको नाइट क्लबमा एक युवतीलाई बलात्कार गरेको अभियोगमा दोषी ठहर गरिएको हो ।

यो संगै तीन पटकको च्याम्पियन्स लिग विजेता आल्भेसलाई पाँच वर्षको प्रोबेशन सेवा गर्न पनि आदेश दिइएको छ। प्रोबेशनको अर्थ आल्भेस जेलबाट बाहिर निस्केपछि ५ वर्षसम्म निगरानीमा रहनेछन् । जेल सजाय भुक्तान गरेपछि आल्भेसले पीडितलाई क्षतिपूर्तिस्वरुप १ लाख ५० हजार युरो दिन पनि माग गरिएको छ ।

ब्राजिलका शीर्ष फुटबलर नेयमारले आल्भेसलाई मुद्दा लड्न सहयोग गरेका थिए । नेइमारले आल्भेसलाई एक उच्च वकिल र मोटो रकम तिरेर सहयोग गरेका थिए । नेइमार र आल्भेस घनिष्ठ मित्र हुन् । दुवैले बार्सिलोना फुटबल क्लब, पिएसजी र ब्राजिलको राष्ट्रिय टोलीमा सँगै खेलेका छन्।

अदालतका अनुसार आल्भेसले ३१ डिसेम्बर २०२२ को राति स्पेनको बार्सिलोनास्थित नाइट क्लबमा एक युवतीमाथि जबर्जस्ती करणी गरेका थिए । आल्भेसकी श्रीमती जोआना सान्जले त्यस रात बार्सिलोनास्थित आफ्नो घरमा फर्केपछि उनी निकै नशामा डुबेको र सुत्नुअघि फर्निचरमा लडेको बताएकी थिइन्।

पिडीत युवतीकी वकिल अनुसार आल्भेस र उनका साथीले तीन युवतीका लागि स्याम्पेन किनेका थिए तर आल्भेसले ती मध्ये एक जनालाई नाइट क्लबको भिआइपी एरियामा लगेका थिए। वकिलले बताएअनुसार त्यतिबेला उनी हिंस्रक भए र ती महिलाले पटक–पटक घर छोड्न आग्रह गरे तापनि उनलाई यौन सम्बन्ध राख्न बाध्य बनाए ।

याचिकाकर्ताका वकिलले एल्भेसलाई नौ वर्षको जेल सजायको माग गरेका थिए र पीडितले १२ वर्षको सजायको लागि अनुरोध गरेका थिए, तर अदालत साढे चार वर्षको सजायमा पुगेको थियो किनकि आल्भेस जेल सजाय काटेपछि क्षतिपूर्ति तिर्न इच्छुक भएका थिए।

आल्भेसले स्पेनिस क्लब एफसी बार्सिलोनाका लागि ४०० भन्दा बढी खेल खेलेका छन्, क्लबबाट ६ लिग उपाधि र ३ च्याम्पियन्स लिग जितेका छन्। उनी सन् २०२२ को विश्वकपका लागि ब्राजिल टोलीमा पनि थिए । उनले सेभिया, युभेन्टस र पिएसजीका लागि खेल्दै करियरमा ४० भन्दा बढी ट्रफी जितेका छन् र १२६ खेल खेलिसकेका उनी ब्राजिलका सबैभन्दा अन्तर्राष्ट्रिय खेलाडीमध्ये एक हुन्।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.