लेख विवरण

मोडल आत्महत्या प्रकरणमा आईपीएलका यी खेलाडीलाई नोटिस

मोडल आत्महत्या प्रकरणमा आईपीएलका यी खेलाडीलाई नोटिस

काठमाडौंँ । आईपीएल फ्रेन्चाइज सनराइजर्स हैदरावादका अलराउन्डर अभिषेक शर्मा सूरत मोडल तानिया सिंह आत्महत्या प्रकरणमा समस्यामा परेका छन् । सुरत प्रहरीले शर्मालाई सोधपुछका लागि बोलाएको छ ।

केसको प्रारम्भिक अनुसन्धानमा तानियाले अभिषेकलाई अन्तिम फोन गरेको खुलासा भएको छ । यति मात्र होइन, प्रहरीले तानियाको मोबाइलबाट कल डिटेल, फोटो र म्यासेज पनि प्राप्त गरेको छ । यसअघि इभेन्ट उद्योगसँग आवद्ध मितेश नामका युवकलाई प्रहरीले सोधपुछ गरेको थियो ।

मोडल तानियाले आइतबार राति आफ्नै घरमा आत्महत्या गरेकी थिइन् । त्यो रात उनी अबेर घर फर्किइन् । बिहान छोरी झुण्डिएको देख्दा तानियाकी परिवार स्तब्ध भएका थिए । तानिया फेसन डिजाइनिङकी विद्यार्थी थिइन् । प्रहरीले प्रेम सम्बन्ध लगायतका विभिन्न पक्षका आधारमा घटनाको अनुसन्धान गरिरहेको छ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.