लेख विवरण

उपत्यकाव्यापी कराते प्रतियोगितामा लूभू च्याम्पियन

उपत्यकाव्यापी कराते प्रतियोगितामा लूभू च्याम्पियन

काठमाडौंँ । लुभूले दोश्रो उपत्यकाव्यापी कराते प्रतियोगिताको उपाधि आइतबार जितेको छ । लुभू सर्वाधिक ८ स्वर्ण, २ रजत र ४ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो ।

प्रयागपोखरी डोजोको आयोजनामा मंगलबारमा भएको प्रतियोगितामा धनबहादुर खेलकुद प्रतिष्ठान ४ स्वर्ण, १ रजत र १ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको सितोरिया हायाशी हाले २ स्वर्ण र ३ कांस्य हात पा¥यो ।

प्रतियोगिताको पुरुषमा प्रतिष्ठानका राकेश मानन्धर तथा महिलामा प्रयागपोखरीकी इशा त्रिपाठी उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई संघीय सांसद् प्रेमबहादुर महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा करिब ४ सय खेलाडीले एकल कातासहित विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक डोजोका प्रशिक्षक विकास महर्जनले जनाएका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.