लेख विवरण

राँची टेस्ट : भारत ५ विकेटले विजयी, रोहित र गिलको अर्धशतक

राँची टेस्ट : भारत ५ विकेटले विजयी, रोहित र गिलको अर्धशतक

काठमाडौंँ । राँची टेस्टमा भारतले इंग्ल्याण्डलाई ५ विकेटले पराजित गरेको छ । १ सय ९२ रनको लक्ष्य पछ्याएको भारतले चौथो दिन सोमबार ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । यो जितसँगै भारत सिरिजमा ३–१ ले अगाडि छ अर्थात् पाँच खेलको सिरिज पनि जितेको छ ।

भारतका लागि कप्तान रोहित शर्माले ५५ र शुभमन गिलले ५२ रनको अर्धशतकीय पारी खेले । त्यसबाहेक ध्रुव जुरेलले अविजित ३९ रन बनाए । गिल र जुरेलले अविजित ७२ रनको साझेदारी गरेका थिए । इंग्ल्यान्डका लागि शोएब बशीरले ३ विकेट लिए । जो रुट र टम हार्टलेले समान १–१ विकेट लिए ।

भारतले चौथो दिन ४०/० को स्कोरमा आफ्नो दोस्रो इनिङ्स सुरुवात गरेको थियो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्लिस टोली तेस्रो दिनको तेस्रो सेसनमा दोस्रो इनिङ्समा १ सय ४५ रनमा अलआउट भएको थियो । इंग्ल्यान्डले पहिलो इनिङ्समा दिएको ४६ रनको अग्रताका आधारमा भारतले १९२ रनको लक्ष्य पाएको थियो । इंग्ल्यान्ड पहिलो इनिङ्समा ३ सय ५३ रनमा अलआउट हुँदा भारतीय टोली ३ सय ७ रनमा अलआउट भएको थियो ।

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.