लेख विवरण

एसजी अन्तरविद्यालय फुटसल : स्वस्तिश्री गुरुकुलको जित

एसजी अन्तरविद्यालय फुटसल : स्वस्तिश्री गुरुकुलको जित

काठमाडौंँ । आयोजक स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुल, सानो भ¥याङको ‘ए’ टिमले तेस्रो एसजी अन्तरविद्यालय फुटसल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ । स्वस्तिश्रीले ग्लोक्सी पब्लिकलाई ५–० गोलले पराजित ग¥यो ।

प्रतियोगिताको राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरिब खड्काले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा नेपाल विद्यालय खेलकुद महासंघका उपाध्यक्ष एवं ब्राइट फ्युचर स्कूलका प्रबन्धक मोहनकुमार कार्की, स्वस्तिश्रीकी प्रबन्ध निर्देशक मिना महर्जन, प्रिन्सिपल नेहा केसीलगायतको उपस्थिति रहेको थियो । स्वस्तिश्रीका कप्तान दीपखत राईले खेलाडीको तर्फबाट शपथ ग्रहण गरेका थिए ।

फागुन १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उपत्यकाभरका १५ विद्यालयका २८ टोलीले यू–१२, यू–१४ र यू–१६ गरी ३ फरक उमेरसमूहमा प्रतिस्पर्धा गरिरहेका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.