लेख विवरण

रौतहट क्रिकेट संघमाथि ठगीकाे आरोप

रौतहट क्रिकेट संघमाथि ठगीकाे आरोप

सञ्जय मिश्रा, रौतहट । रौतहट क्रिकेट संघले जिल्ला स्तरको क्रिकेट टुर्नामेन्टको आयोजना गरी ठगी गरिरहेको आरोप लागेको छ। पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले क्रिकेट संघ रौतहटले खेलाडी छनौटको नाउँमा ठगी धन्दा सुरुगरेको आरोप लगाएका छन्।

गृह नगर रौतहटको मौलापुरमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले गौरका केही जनप्रतिनिधिको छोरा भतिजाहरुले गौरमा क्रिकेट टुर्नामेन्टको आयोजना गरी ठगी धन्दा सुरु गरेको आराेप लगाएका हुन्।

'नेपाल क्रिकेट संघ क्यानको आयोजनामा प्रतियोगिता हुने भए नेपाल सरकारले सम्पूर्ण व्यवस्था गर्छ, होईन भने आफ्नै मनले गरिएको प्रतियोगिता ठगीबाहेक अरु केही हुन सक्दैन' उनले भने । 

खेलाडी छनौटको नाउँमा प्रत्येक पालिका, बिभिन्न संघ संस्था र व्यापारीहरुबाट पैसा संकलन गरी खेलाडी छनौटको नाउँमा उनीहरुले गरिखाने भाँडो बनाएको पूर्व मन्त्री प्रभु साहको दाबी छ।  यदी खेलाडी छनौट गर्ने राष्ट्रिय कार्यक्रम हो भने त्यो अन्य जिल्लामा पनि हुन्थ्यो तर रौतहटमा मात्र किन त्यो पनि चन्दा उठाएर उनले प्रश्न गरे ।

एउटा जनकपुर उप महानगरपालिकाले प्रदेश स्तरको टुर्नामेन्ट गराउन सक्ने तर पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल,गौर नगर प्रमुख शम्भु साह, जिल्ला समन्वय समिति सभापति राम अयोध्या यादव एउटा जिल्ला स्तरको क्रिकेट टुर्नामेन्ट प्रतियोगिता गराउन नसक्ने नेता साहकाे प्रश्न छ ।

'खेलकुद मन्त्रालयमा बर्षको कम्तीमा १० अर्ब रुपैयाँ बजेट बिनियोजन हुने गर्दछ , त्यो हिसाबले एउटा जिल्लामा करोडौं रुपैयाँ आउनुपर्ने हो तर रौतहटमा खेलकुद मंत्रालय अथवा क्यानबाट कहिलै रकम आएको सुन्नु भएको छ, अर्थात हामीसंँग बेईमानी हुँदै आएको छ,' उनले भने । 

क्रिकेट संघ रौतहट जिल्लाको १७ पालिकाबाट तीन तीन लाख रुपैयाँ चन्दा लिएर खेलाडी छनौट गर्ने भन्दै आगामी २६ गतेदेखि गौरमा जिल्लास्तरीय क्रिकेट टुर्नामेन्टको आयोजना गर्दैछ। 

मौलापुर नगरपालिकाले भने चन्दा सहयोग दिएको छैन। संघीय संसद प्रभु साहले स्थानीय निकाय नहुँदा आफूले व्यक्तिगत लगानीमा मौलापुरमा जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा, नाच प्रतियोगिता र अहिले मौलापुर नगरपालिकाले एक्लो लगानीमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको आयोजना गर्दै छ। 

तर, सदरमुकाममा जिल्ला स्तरको क्रिकेट प्रतियोगितामा गर्न सबै स्थानिय तह, संघसंस्था ब्यापारी बाट पैसा उठाउन ठगौतिको अलावा केही हुननसक्ने पूर्व मन्त्री प्रभु साहले दाबी गरेका छन्। पछिल्लो समय रौतहटको अधिकांश स्थानीय तहले मेयर कप क्रिकेट प्रतियोगिताको आयोजना गरी लाखौँ कुम्ल्याउने गरेको आरोप लाग्दै आएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.