खेल्दै गर्दा म्याटमा लडेका २० वर्षीय जुडो खेलाडीको मृत्यु
काठमाडौंँ । पाकिस्तानमा भएको जुडो प्रतियोगिताका क्रममा टाउकोमा लागेको चोटका कारण एक जुडो खेलाडीको मृत्यु भएको छ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा एक प्रतियोगिताका क्रममा उक्त घटना भएको हो । ४४ केजी तौल समूहमा २० वर्षीय फिजा शेर अलीको टाउकोमा चोट लागेको थियो । उनलाई उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
पाकिस्तान जुडो महासंघका एक अधिकारीका अनुसार फिजा शेर पेशावरमा बीएस प्रथम वर्षकी छात्रा थिइन् । उनी जुडोका लागि ट्रायल दिन मर्दान आएकी थिइन् । यो खेलमा उनी नयाँ थिइन । खेलको क्रममा उनको टाउकोमा चोट लागेको थियो, जसका कारण उनी लडेकी थिइन् । उनलाई तत्काल स्वास्थ्यकर्मीले प्राथमिक उपचार गरी अस्पताल पु¥याएका थिए, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

टिप्पणी लेख्नुहोस्