लेख विवरण

पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं । पिएसजी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ।

च्याम्पियन्स लिगको राउण्ड १६ अन्तर्गतको दोस्रो लिगमा रियल सोसियडाडलाई २-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४-१ को नतिजा सहित पिएसजी क्वाटरफाइनलमा पुगेको हो।

पिएसजीको जितमा किलियन एम्बाप्पेले दुवै गोल गरेका थिए। उनले खेलको १६औं र ५६औं मिनेटमा गोल गरेका थिए। त्यस्तै रियल सोसियडाडका लागि एक गोल मिकेल मेरिनोले गरेका थिए।

यसअघि पहिलो लिगमा पिएसजीले २-० को जित निकालेको थियो। 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.