लेख विवरण

इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगितामा मोरङ समुह विजेता

इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगितामा मोरङ समुह विजेता

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसन र मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा भएको तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगितामा लगातार ३ खेलमा जित निकाल्दै मोरङ समुह विजेता भएको छ ।

विराटनगर–६ स्थित ज्वाला क्रिकेट मैदानमा विहिबार भएको पहिलो खेलमा इलामलाई ८ विकेटले पराजित गर्दै मोरङ समुह विजेता बनेको हो । इलाम र मोरङ यस अघिनै फाइनल पुगि सकेका छन् । टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित २० ओभरको खेलमा १७ दशमलव ४ बलमा सवै विकेट गुमाई ७६ रनको सामान्य योगफल तयार पारेको थियो । इलामकी दिपा लिम्बुले सर्वाधिक १५ रनको योगदान दिइन् । मोरङकी प्लेयर अफ द म्याच चाँदनी यादवले ४ विकेट लिँदा सुवेक्षा लिम्बुले ३ विकेट लिइन् ।

७७ रनको सामान्य लक्ष्य पाएको मोरङले ९ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो । मोरङकी प्रिन्सा राईले नटआउट ३० रनको योगदान दिँदा सानु राजवंशीले १४ रन र पूर्णीमा राजवंशीले नटआउट १० रनको योगदान दिइन् । इलामकी यमुना लिम्बु र मुना राई १–१ विकेट लिइन् ।

दोस्रो खेलमा सप्तरीले सिरहालाई ४२ रनले पराजित गर्दै सान्तना जित हात पारेको छ । टस जितेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा २ गुमाएर १ सय ४८ रनको स्कोर खडा गरेको थियो । सप्तरीकी साक्षी यादवले नटआउट ३४ रन बनाउँदा निशु चौधरीले २६ रनको योगदान दिइन् । सिरहाकी अनु यादव र निलम महतो १–१ विकेट लिइन् ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.