बागमतीको पौडी छनोट प्रतियोगिता भोलिदेखि
काठमाडौंँ । अन्तरप्रदेश राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशको पौडी छनोट प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा १ सय ११ खेलाडीको सहभागिता रहने काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका छनोट समितिका संयोजक गणेशलाल कक्षपतिले जनाएका छन् ।
प्रतियोगिताबाट १५ पुरुष र १० महिला गरी जम्मा २५ खेलाडी छनोट हुने कक्षपतिले बताए । दुईदिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा हुनेछ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा हुने अन्तरप्रदेश राष्ट्रिय खेलकुद चैत २ गतेदेखि हुनेछ ।

टिप्पणी लेख्नुहोस्