योङ स्टार खुला तेक्वान्दो प्रतियोगितामा इमोनलाई स्वर्ण
काठमाडौंँ । आयोजक कोटेश्वर तेक्वान्दो डोजाङकका इमोन राणाले प्रथम योङ स्टार खुला तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।
पुरुष ३८ केजीमुनि फाइनलमा इमोनले नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का भिजन तामाङलाई पराजित गरे । बाल गीताञ्जलीका प्रवीण श्रेष्ठ र कोटेश्वरका राकेश सुनार तेश्रो भए ।
योङ स्टार ग्रुप सह–आयोजक रहेको प्रतियोगिताको पुरुष २२ केजीमुनि सिन्धुपाल्चोकका कुशल नेपाली, २५ केजीमुनि मध्यपुरका समुन्द्र गिरी, २८ केजीमुनि क्षेत्रपालका अभिनव बोहरा र ३४ केजीमुनि क्षेत्रपालकै निर्मल पाण्डे पहिलो भए ।
महिला २२ केजीमुनि सुन्दरीमाइकी पुनम घिमिरे, २० केजीमुनि चन्द्रागिरीकी रेया बोहरा, २५ केजीमुनि कोटेश्वरकी हृदयानी बास्नेत र २८ केजीमुनि चन्द्रागिरीकी युकी तामाङले पहिलो स्थान हात पारे ।
एकल पुम्सेअन्तर्गत यु–१७ को पुरुषमा चन्द्रागिरीका सुजल कार्की र महिलामा चन्द्रागिरीकी सुविना तामाङ तथा १७ वर्षमाथि पुरुषमा जगतबहादुरका सुदीप परियार र महिलामा कोटेश्वरकी सन्ध्या लामाले स्वर्ण चुमे ।
पहिलो दिनका पदक विजेतालाई पूर्व सांसद् सीता लामा, नवौं दक्षिण एसियाली खेलकुदका स्वर्णधारी निर्मल श्रेष्ठ र निराजन श्रेष्ठ, उर्जा मन्त्रालयका उपसचिव रामगोपाल लगेजुलगायतले पुरस्कृत गरे । आयोजकका अनुसार प्रतियोगितामा ६ सय भन्दा बढी खेलाडी सहभागी छन् । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

टिप्पणी लेख्नुहोस्