लेख विवरण

कबड्डी सुपर लिगको उपाधि आर्मी र प्रहरीलाई

कबड्डी सुपर लिगको उपाधि आर्मी र प्रहरीलाई

काठमाडौं । नेपाल आर्मी र नेपाल प्रहरीले कबड्डी सुपर लिगको उपाधि शुक्रबार जितेका छन् । आर्मी पुरुष तथा प्रहरी महिलामा च्याम्पियन बनेका हुन् । पुरुष÷महिला दुवैको फाइनलमा एपीएफ क्लब चुक्यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष फाइनलमा आर्मीले एपीएफलाई ३४–२४ ले पराजित ग¥यो । प्रहरी तेश्रो भयो ।
नारी दिवसका अवसरमा अखिल नेपाल कबड्डी संघद्वारा आयोजित प्रतियोगिताअनतर्गत महिलाको उपाधि भिडन्तमा प्रहरीले एपीएफलाई ४१–२८ ले हरायो । उपत्यका टोली तेश्रो स्थानमा रह्यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र ११ हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको पुरुषमा आर्मीका प्रदीप मिजार र महिलामा प्रहरीकी मानमति विष्ट उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, आयोजक संघकी अध्यक्ष तुलसी थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगिताको पुरुषमा ४ तथा महिलामा ३ टिमले प्रतिस्पर्धा गरेको आयोजक संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् ।

 
कबड्डी सुपर लिगको उपाधि आर्मी र प्रहरीलाई

कबड्डी सुपर लिगको पुरुष उपाधि विजेता आर्मी ।

कबड्डी सुपर लिगको उपाधि आर्मी र प्रहरीलाई

कबड्डी सुपर लिगको महिला उपाधि विजेता प्रहरी ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.