लेख विवरण

एसियाली ¥याफ्टिङ च्याम्पियनसिपको हेड टु हेडमा नेपाललाई स्वर्ण

एसियाली ¥याफ्टिङ च्याम्पियनसिपको हेड टु हेडमा नेपाललाई स्वर्ण

काठमाडौंँ । नेपालले एसियाली ¥याफ्टिङ च्याम्पियनसिपको हेड टु हेडमा स्वर्ण जितेको छ । उक्त स्पर्धामा नेपालले १ सय २० अंक जोड्दै स्वर्ण जितेको नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाएका छन् ।

भारतको हिमाचल प्रदेशस्थित सिम्लामा भएको प्रतियोगिताको स्लालममा ८० अंकसाथ नेपालले रजत जित्यो । डाउन रिभरमा ६० अंक जोडेको नेपाल चौथो भयो ।

समग्र टिममा भने नेपाल दोश्रो स्थानमा रह्यो । नेपाली खेलाडीमा सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ, डम्बरबहादुर पुर्वाछाने र दीपेश पुन मगर रहेका छन् ।

 
एसियाली ¥याफ्टिङ च्याम्पियनसिपको हेड टु हेडमा नेपाललाई स्वर्ण

एसियाली ¥याफ्टिङमा पदक जित्न सफल नेपाली खेलाडी (बीच) लगायत ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.