लेख विवरण

थ्री एक्स थ्री बास्केटबल सुरु

थ्री एक्स थ्री बास्केटबल सुरु

काठमाडौंँ । नेपाल बास्केटबल संघ र थ्री एक्स थ्री नेपाल बास्केटबलको संयुक्त आयोजनामा थ्री एक्स थ्री बास्केबटल प्रतियोगिता शनिबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा सुरु भएको छ ।

प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । पुरुषमा ३२ तथा महिलामा ८ गरी ४० टिमको सहभागिता रहेको आयोजक मध्येको एक थ्री एक्स थ्री नेपाल बास्केटबलका संयोजक शरद विष्टले जनाएका छन् । पुरुषमा विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । पुरुष÷महिलातमा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनेलाई जनही १५–१५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

पहिलो दिन पुरुषमा हाउन्ड्स ‘ए’ ले नेपाल आर्मी ‘सी’ लाई २१–१४, रोयल्स ‘ए’ ले इन्डिपेन्डेन्ट बंगलादेश युनिभर्सिटी ‘बी’ लाई १८–१७, आर्मी ‘ए’ ले टाइम्स ‘सी’ लाई २१–१७, बंगलादेश नेभीले नखिपोट ‘बी’ लाई २२–८, हाउन्ड्स ‘ए’ ले रोयल्स ‘ए’ लाई २१–९, आर्मी ‘सी’ ले इन्डिपेन्डेन्ट बंगलादेशलाई २१–१०, बंगलादेश नेभीले टाइम्स ‘सी’ लाई २१–६, आर्मी ‘ए’ ले नखिपोट ‘बी’ लाई २२–९, विराटनगर बास्केटबल एकेडेमीले रोयल्स ‘बी’ लाई २१–५, कीर्तिपुरले टाइम आउट ‘बी’ लाई २२–१२, हाउन्ड्स ‘बी’ ले टाइम्स ‘बी’ लाई २१–१०, ललितपुर ‘ए’ ले सुदूरपश्चिम प्रदेशलाई २२–१३, टाइम आउट ‘बी’ ले रोयल्स ‘बी’ लाई २१–१३, टाइम्स ‘बी’ ललितपुर ‘ए’ लाई २१–१७ र सुदूरपश्चिमले हाउन्ड्स ‘बी’ लाई २१–१३ ले पराजित गरे ।

महिलामा ललितपुर ‘ए’ ले कीर्तिपुर ‘बी’ लाई १७–६, पोशिलो नेपालले टिम मंगोलियनलाई २१–६, कीर्तिपुर ‘ए’ ले ललितपुर ‘बी’ लाई १७–१२, आईआईएमएसले आईएसए नेपाललाई २१–७, टाइम्स ‘ए’ ले बीएमकेलाई २१–१३, शंखरदेव ‘बी’ ले प्रभावलाई २१–१० र बोर्न टु हुपले नखिपोट ‘ए’ लाई २१–९ ले हराए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.