लेख विवरण

यी पाँच टोलीले परिवर्तित कप्तानका साथ आइपिएल खेल्ने

यी पाँच टोलीले परिवर्तित कप्तानका साथ आइपिएल खेल्ने

काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आइपिएल)को १७ औं संस्करण छिटै सुरु हुने भएको छ । भारतमा हुने लोकसभा चुनावका कारण यस पटकको आइपिएल मार्च २२ देखि मे २६ सम्म हुनेछ । यस पटक आइपिएल टोलीमा धेरै परिवर्तन गरिएको छैन । तर त्यहाँ चार टोलीहरू छन् जुन उनीहरूको परिवर्तित कप्तानहरूको साथ आइपिएल २०२४ खेल्नेछन। जसमा कोलकाता नाइट राइडर्स, दिल्ली क्यापिटल्स, गुजरात टाइटन्स, मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावाद रहेका छन् ।

गत सिजन कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सले आफ्ना नियमित कप्तानसँग खेलेका थिएनन् । गुजरात टाइटन्स, मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादले यस वर्ष कप्तान परिवर्तन गरेका छन् ।

कोलकाता नाइट राइडर्स

कोलकाता नाइट राइडर्सका नियमित कप्तान श्रेयस अय्यरले चोटका कारण गत सिजन खेल्न पाएनन् । जसका कारण केकेआरको कप्तानी युवा ब्याट्सम्यान नितिश राणाले गरेका थिए । रानाले १४ खेलमा ३१.७७ को औसत र १४०.९६ को स्ट्राइक रेटमा ४१३ रन बनाएका छन् । तर अय्यर अब पूर्ण रुपमा फिट छन् र यो सिजन मा पुनरागमन गर्न तयार छन् । केकेआरले उनलाई कप्तान घोषणा गरेको छ । राणालाई उपकप्तान बनाइएको छ । अय्यरलाई केकेआरले १२.२५ करोड भारुमा आफ्नो टिममा समावेश गरेको थियो ।

दिल्ली क्यापिटल्स

दिल्ली क्यापिटल्सको कप्तानी ऋषभ पन्तको हातमा छ । उनले सन् २०२१ मा पहिलो पटक दिल्ली क्यापिटल्सको कप्तानी सम्हालेका थिए । त्यो सिजनमा दिल्लीका कप्तान श्रेयस अय्यर थिए र उनी चोटका कारण पूरै प्रतियोगिताबाट बाहिरिएका थिए । त्यसपछि पन्तले यो जिम्मेवारी पाए । त्यसपछि सन् २०२२ मा पनि पन्तलाई दिल्लीले कप्तान बनाएको थियो। तर सन् २०२२ डिसेम्बरमा उनको कार दुर्घटना भयो र उनी लामो समय क्रिकेटबाट टाढा रहे। दुर्घटनाका कारण उनी आईपीएल २०२३ मा सहभागी भएनन् र उनको अनुपस्थितिमा अस्ट्रेलियाका लिजेण्ड डेभिड वार्नरले यो जिम्मेवारी लिएका थिए । अहिले पन्त पूर्ण रूपमा फिट र पुनरागमनका लागि तयार रहेको अनुमान गरिएको छ ।

गुजरात टाइटन्स

गुजरात टाइटन्सका नियमित कप्तान हार्दिक पाण्ड्या थिए । तर यो वर्ष उनले आफ्नो पुरानो टिम मुम्बई इन्डियन्समा पुनरागमन गरेका छन् । यस्तोमा गुजरातले युवा ब्याट्सम्यान शुभमन गिललाई आफ्नो कप्तान बनाएको छ । सन् २०२३ को आइपिएलमा सर्वाधिक रन बनाउने खेलाडी गिलले ओरेन्ज क्याप जितेका थिए । गिलले १७ खेलमा ५९.३३ को औसतमा ८९० रन बनाएका छन् । २४ वर्षीय शुभमन गिलले सन् २०१८ मा केकेआरबाट आइपिएलमा डेब्यु गरेका थिए ।

सनराइजर्स हैदराबाद

सनराइजर्स हैदरावादले हरेक वर्ष कप्तान परिवर्तन गर्ने गरेको छ । गत वर्ष दक्षिण अफ्रिकाका स्टार ब्याट्सम्यान एडेन मार्करामले टोलीको कप्तानी गरेका थिए । मार्करामको कप्तानीमा टोलीले कुनै विशेष प्रदर्शन गर्न सकेन र १४ मध्ये १० खेलमा हार बेहोरेको थियो र अंक तालिकाको १० औं स्थानमा रहेको थियो । हैदरावादको टिम व्यवस्थापनले अस्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्सलाई नयाँ कप्तानमा चयन गरेको छ । हैदराबादले अक्सनमा प्याट कमिन्सलाई २०.५० करोडभारुमा आफ्नो टोलीमा समावेश गरेको थियो । प्याट कमिन्सका लागि पछिल्लो ९ महिना क्रिकेट जगतमा अतुलनीय रह्यो । उनको नेतृत्वमा अस्ट्रेलियाले विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको थियो भने टोलीले एशेज पनि जोगाउन सफल भएको थियो । यसबाहेक अस्ट्रेलियाले सन् २०२३ मा भारतमा भएको विश्वकप पनि जित्न सफल भएको थियो ।

मुम्बई इन्डियन्स

मुम्बई इन्डियन्सले नियमित कप्तान रोहित शर्माको स्थानमा हार्दिक पाण्ड्यालाई नयाँ कप्तान बनाएको छ । यस्तोमा हार्दिकले यस वर्ष मुम्बईको कप्तानी गर्ने छन् । मुम्बईले पाण्ड्यालाई गुजरात टाइटन्ससँग टे्रड गरेको थियो । हार्दिकको कप्तानीमा गुजरातले आफ्नो पहिलो सिजनमा उपाधि जित्न सफल भएको थियो भने गत सिजनको फाइनलमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो ।

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.