लेख विवरण

विश्वकप अघि भारतीय टोलीलाई ठूलो झट्का, मोहम्मद शामी प्रतियोगिताबाट बाहिरिए

विश्वकप अघि भारतीय टोलीलाई ठूलो झट्का, मोहम्मद शामी प्रतियोगिताबाट बाहिरिए

काठमाडौंँ । सन् २०२४ को टी–२० विश्वकप आगामी जुन महिनामा अमेरिका र वेस्ट इन्डिजमा सुरु हुनेछ । यो प्रतियोगिताअघि भारतीय टोलीलाई ठूलो झट्का लागेको छ । तीव्र गतिका बलर मोहम्मद शामी विश्वस्तरीय प्रतियोगिताबाट बाहिरिएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)का सचिव जय शाहले यसबारे पुष्टि गरेका छन् । उनले स्टार बलर बंगलादेशविरुद्धको घरेलु सिरिजमा खेल्ने बताएका छन् । यस्तो अवस्थामा अब उनलाई आईपीएल २०२४ मा पनि खेल्न गाह्रो भएको छ ।

सन् २०२३ को एकदिवसीय विश्वकपमा भारतका लागि सर्वाधिक विकेट लिएका तिब्र गतिका बलर हालै एड़ीको शल्यक्रियाका लागि लण्डन गएका थिए । उनले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन् । उनी सेप्टेम्बरमा हुने दुई टेस्ट र तीन टी–२० अन्तर्राष्ट्रियको सिरिजमा बंगलादेशविरुद्ध खेल्नेछन् । बिसिसिआईका सचिव जय शाहले भने, 'शमीको शल्यक्रिया गरिएको छ, उनी भारत फर्किएका छन् । सामीले बंगलादेशविरुद्धको घरेलु शृंखलाका लागि पुनरागमन गर्ने सम्भावना छ ।'

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.