लेख विवरण

गण्डकीका कप्तान विपिनलाई कारवाहि

गण्डकीका कप्तान विपिनलाई कारवाहि

विराटनगर । गण्डकीका कप्तान विपिन खत्री कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगिताको कारवाहिमा परेका छन् । आइतबार पुलिससँग भएको खेलमा पुलिसका खेलाडी शंकर रानाको स्टम्पिङ को अपिल गरे पछि अम्पायरले आउट नदिदा खेल सकिए पश्चात विपिनले अम्पायरको गलत निर्णयले हामी पराजित भएको बताएका थिए । जसकारण विपिन कोड अफ कन्डकट लेव टु अनुसार कारवाहिमा परेका हुन् ।

म्याच रेफि महमद सफिकले उनलाई म्याच फिको सय प्रतिशत र ३ डिमेरि प्वाइन्ट दिएका छन् । उनले अव १८ महिना सम्म क्यानले मान्यता दिएको प्रतियोगितामा १ डिमेरि प्वाइनट पाए भने क्यानले मान्यता पाएको प्रतियोगिताको १ खेल प्रतिबन्ध हुने म्याच रेफ्रि सफिकले बताए ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.