राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र एपिएफ विजयी
विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र एपिएफ विजयी भएका छन् ।
विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई २ विकेटले पराजित गरेको छ । जितसँगै सुदूर समुह बी को ४ खेलमा ३ जित र १ मा पराजित हुँदै ६ अंकको साथ दोस्रोे स्थानमा रहेको छ भने वागमतीले खेलेको दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । वागमतीले बाकी दुई खेल जित हात पारे पनि समुह चरणबाटै बाहिरिने छ । सुदुर पनि सेमिफाइनल नजिक पुगेको छ । अव पुलिसले बाकी रहेको २ खेलमा लुम्बिनी र बागमतीलाई भारि अन्तरले जित निकाले मात्र सुदूर प्रतियोगिाबाट बाहिरिने छ ।
टस जितेर ब्याटिङ गरेको वागमतीले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर १ सय १७ रनमा सिमित भयोे । वागमतीका लागि शुभ कन्साकारले ३४ बलमा ३ छक्का र ४ चौका प्रहार गरि ४१ रन बनाउँदा रविन जोशीले ३१ रनको योगदान दिए ।
सुदूरका प्लेयर अफ द म्याच नारायण जोशीले २ ओभर बलिङ गर्दै ९ रन दिएर ३ विकेट लिँदा नरेन साउदले २ विकेट लिए ।
जवाफमा १ सय १८ रनको लक्ष्य पाएको सुदूरले १९ दशमलव २ बलमा ८ विकेट गुमाउदै विजयी लक्ष्य पार गरेको थियो । सुदूरको जितमा नरेन भट्टले ३० रन बनाउँदा दिपक वोहोरा २२, किरण ठगुन्ना २१ र नारायण जोशीले १६ रनको योगदान दिए । वागमतीका गौतम केसीले ३ विकेट लिँदा विपिन आचार्य र इशान पाण्डेले २–२ विकेट लिए ।
दोस्रो खेलमा एपिएफले घरेलु टोली कोशी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । एपिएफसँग पराजित भएको कोशी प्रतियोगिताबाट बाहिरिएको छ । समुह ए मा ३ खेलमा १ मा जित र २ मा पराजित कोशी २ अंकका साथ तेस्रो स्थानमा रहेको छ । कोशीले लिगको अन्तिम खेल मंगलबार आर्मीसँग खेल्ने छ भने एपिएफले प्रतियोगितामा पहिलो जितको स्वाद लिएको छ । २ खेलमा १ मा जित र १ मा पराजित भएको एपिएफ २ अंकका साथ तालिकामा चौथो स्थानमा रहेको छ । टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर १ सय १७ रनको योगफल तयार पारेको थियो । कोशीका विकेट किपर सोनु अन्सारीले ३१ बलमा २ छक्का र ३ चौका प्रहार गरि ४३ रन बनाउँदा अंकित सुवेदीले ३२ रन र श्रवण यादवले १९ रनको योगदान दिए । एपिएफका भुवन कार्की, यज्ञमान कुमाल, अमर रोटेला र इर्साद अहमद २–२ विकेट लिए ।
जवाफमा १ सय १८ रनको लक्ष्य पछ्याएको एपिएफले १८ दशमलव ५ बलमा ६ विकेट गुमाएर लक्ष्य पार गरेको थियो । एपिएफकोे जितमा पूरन विकले ३६, प्रनित थापा मगर २० र अरुण ऐरीले १५ रनको योगदान दिए । मधेशका फिर्दोस अन्सारीले ४ ओभरमा १६ रन दिएर ३ विकेट लिँदा दिपेश कँडेलले १ विकेट लिए ।
मंगलबारको पहिलो खेल घरेलु टोली कोशी र आर्मी तथा दोस्रो खेल वागमती र गण्डकीविच खेल हुने मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।

टिप्पणी लेख्नुहोस्