कोनकाकाफ डब्लु गोल्ड कप : ब्राजिललाई हराउँदै अमेरिकाले जित्यो उपाधि
काठमाडौंँ । प्रतियोगिताको समूह चरणमा मेक्सिकोसँग पराजित भएको संयुक्त राज्य अमेरिकाले आइतबार ब्राजिललाई चौथो पटक फाइनलमा पराजित गरेको हो । अमेरिकी टोलीले यसअघि सन् २००४ र २००८ को ओलम्पिकसहित तीन पटक उपाधि जितेको थियो ।
यस खेलका लागि सान डिएगोको स्न्यापड्रागन स्टेडियममा ३१ हजार ५२८ दर्शकउपस्थित थिए, जुन कोनकाकाफ महिला फुटबल म्याचमा दर्शकको रेकर्ड संख्या हो ।
पहिलो हाफको इन्जुरी टाइमको अन्तिम मिनेटमा एमिली फक्सको पासमा होरानले हेडरमार्फत गोल गरेका थिए ।
प्रतियोगितामा होरानको यो तेस्रो गोल हो । खेलको ७९ औं मिनेटमा लिन विलियम्सले गोल गर्दै अमेरिकाको अग्रता दोब्बर पारेका थिए । ब्राजिल र संयुक्त राज्य अमेरिका दुवै फ्रान्समा हुने ओलम्पिकका लागि छनोट भएका छन् ।

टिप्पणी लेख्नुहोस्