कोहलीको आरसीबीमा १६ वर्ष पूरा, फ्रेन्चाइजीले मनायो उत्सव
काठमाडौंँ । विराट कोहली र रोयल च्यालेन्जर्स बैंग्लोर दुवैका लागि आजको दिन विशेष रहेको छ । भारतीय क्रिकेट टिमका पूर्व कप्तान कोहलीले आरसीबीमा १६ वर्ष पूरा गरेका छन् । जसको भिडियो आरसीबीले आफ्नो सोसल मिडिया ह्यान्डलमा शेयर गरेको छ ।
सन् २००८ मा यू–१९ विश्वकप जितेपछि कोहली आरसीबीमा आबद्ध भएका थिए । त्यसयता उनी आरसीबीका लागि लगातार खेल्दै आएका छन् । सन् २०१६ को आइपिएलमा कोहलीले चार शतकसहित ९०० भन्दा बढी रन बनाएका थिए । तर, आरसीबी त्यस वर्ष फाइनलमा पुग्नबाट चुकेको थियो ।
कोहली क्रिकेटको हरेक फर्म्याटमा उत्कृष्ट ब्याटिङका लागि चिनिन्छन् । यी ब्याट्सम्यानले आइपिएललगायत अन्तर्राष्ट्रिय खेलमा धेरै पटक शानदार पारी खेलेका छन् ।
कोहलीको आइपिएल रेकर्ड हेर्ने हो भने उनी यो अवधिमा प्रभावकारी देखिएका छन् । विराटले आइपिएलमा अहिलेसम्म २३७ खेल खेलेका छन् । यस अवधिमा उनको ब्याटले १३०.०२ को औसतमा ७ हजार २ सय ६३ रन बनाएको छ । जसमा सात शतक र ५० अर्धशतक समावेश छन् ।
Then, now and forever. 🥹✨#PlayBold #ನಮ್ಮRCB #IPL #ViratKohli @imVkohli pic.twitter.com/TT5xgs3rcJ
— Royal Challengers Bangalore (@RCBTweets) March 11, 2024

टिप्पणी लेख्नुहोस्