लेख विवरण

आईपीएल अघि हार्दिक पाण्ड्याले मुम्बई इन्डियन्सको क्याम्पमा गरे पूजा

आईपीएल अघि हार्दिक पाण्ड्याले मुम्बई इन्डियन्सको क्याम्पमा गरे पूजा

काठमाडौंँ । आइपिएल २०२४ मा मुम्बई इन्डियन्स नयाँ जर्सीका साथै नयाँ कप्तानसहित मैदानमा उत्रनेछ । आइपिएलको १७ औं संस्करण सुरु हुन अब ११ दिन मात्र बाँकी छ । मुम्बई इन्डियन्सका नयाँ कप्तान हार्दिक पाण्ड्या पनि मुम्बई इन्डियन्सको क्याम्पमा सामेल भएका छन् । मुम्बई इन्डियन्सले आफ्नो सोसल मिडिया ह्यान्डलबाट एक भिडियो शेयर गरेको छ जसमा हार्दिक पाण्ड्याले मुम्बई इन्डियन्सको ड्रेसिङ रुममा मार्क बाउचरसँग पूजा गरिरहेका छन् ।

हार्दिक पाण्ड्याले आफ्नो 'होम' फ्रेन्चाइजमा सफलतापूर्वक पुनरागमन गरेपछि भगवानलाई धन्यवाद दिएका थिए। मुम्बई इन्डियन्सका मुख्य प्रशिक्षक मार्क बाउचरले उनलाई स्वागत गरेका थिए ।

हार्दिक पाण्ड्या गत वर्षको अक्टोबरदेखि भारतीय क्रिकेट टिमबाट बाहिरिएका छन् । घुँडाको चोटका कारण उनी गत महिनासम्म रिह्याबिलिट भएका थिए । आइपिएल २०२४ को आगामी सिजनको तयारीका लागि उनले केही समय मैदानमा बिताउने निर्णय गरेका थिए । मुम्बई इन्डियन्सका कप्तान पाण्ड्याले गत वर्ष अगस्टपछि पहिलो टी–२० खेलेर डीवाई पाटिल कपमा दुई विकेट लिएका थिए ।

मुम्बईले आफ्नो पहिलो खेल मार्च २४ मा गुजरात टाइटन्ससँग खेल्ने छ, त्यसैले पाण्ड्याले दुई हप्ता अघि प्रि-सिजन क्याम्पमा सामेल हुने निर्णय गरेका छन्।

 

 
 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.