लेख विवरण

राष्ट्रिय टी–२० क्रिकेट : आर्मी सेमिफाइनलमा, बागमतीको पहिलो जित

राष्ट्रिय टी–२० क्रिकेट : आर्मी सेमिफाइनलमा, बागमतीको पहिलो जित

विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लव र बागमती प्रदेश विजयी भएका छन् ।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबार भएको पहिलो खेलमा आर्मीले घरेलु टोली कोशी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । आर्मीसँग पराजित भएको कोशी प्रतियोगिताबाट बाहिरिएको छ । समुह ए मा ४ खेल खेलेको कोशीले १ जित र ३ हार ब्योहोरेको छ । कोशी २ अंकका साथ तेस्रो स्थानमा रहेको छ भने आर्मीले लगातार ३ खेलमा जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मी ६ अंकाका साथमा शिर्ष स्थानमा छ । आर्मीले अव एपिएफसँग बुधबार दिउँसो लिगको अन्तिम खेल खेल्ने छ । सवै ४ खेलेको कर्णाली २ जित र २ हार सहित ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने २ खेलमा १ मा १ जित र १ हार सहित एपिएफ २ अंकका साथ तालिकामा चौथो स्थानमा रहेको छ ।

टस हारेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रनको योगफल तयार पारेको थियो । कोशीका लागि दिपेश कँडेलले ३६ बलमा २ छक्का र २ चौका प्रहार गरि अविजित ४० रन बनाउँदा श्रवण यादवले १४ बलमा ५ चौका प्रहार गदै २९ रन बनाए । एक समय १५ ओभरमा ८९ रनमा ६ विकेट गुमाएको कोशीका लागि कँडेल र यादवले २६ बलमा ४६ रनको अविजित पारी खेले । त्यस्तै अनिल लामिछानेले २१ र सुजन थपलियाले १४ रनको योगदान दिए । आर्मीका त्रितराज दासले २ विकेट लिँदा पवन कार्कीले पनि २ विकेट लिए ।

जवाफमा १ सय ३६ रनको लक्ष्य पछ्याएको आर्मीले १८ दशमलव ४ बलमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । आर्मीकोे जितमा प्लेयर अफ द म्याच त्रितराज दासले ३२ बलमा २ छक्का र ४ चौका प्रहार गरि ३५ रन जोड्दा सन्तोष कार्कीले २४ रन जोडे । कोशीका श्रवण यादव र ज्ञानेन्द्र श्रेष्ठले २–२ विकेट लिए ।

दोस्रो खेलमा प्रतियोगिताबाट बाहिरिसकेको बागमतीले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । जितसँगै वागमती समुह बी मा १ जित र २ मा पराजित हुँदै २ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ भने गण्डकीले खेलेको चारै खेलमा पराजित अंक विहिन भएर घर फर्किएको छ ।

टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५० रनको स्कोर बनाएको थियो । गण्डकीका लागि ४७ बलमा १ छक्का र ९ चौका प्रहार गरि ६२ रन बनाउँदा अविशेक थापाले २३ रनको योगदान दिए । बागमतीका इसान पाण्डेले २ विकेट लिँदा रामनरेश गिरी, दिपेश श्रेष्ठ र तिलक भण्डारीले समान १–१ विकेट लिए ।

जवाफमा १ सय ५१ रनको लक्ष्य पाएको बागमतीले १९ दशमलव २ बलमा ६ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । बागमतीको जितमा प्लेयर अफ द म्याच रामनेश गिरी २७ बलमा ३ छक्का र ४ चौका प्रहार गरि अविजित ५० रनको पारी खेले त्यस्तै रविन जोशीले अविजित ३२ रन बनाउँदा आशुतोष घिरैयाले २९ रनको महत्वपूर्ण योगदान दिए । गण्डकीका सुवास भण्डारीले ३ विकेट लिँदा सन्दिप राजुली र अविशेक थापाले १–१ विकेट लिए ।

बुधबारको पहिलो खेल पुलिस र लुम्किनी तथा दोस्रो खेल दुई विभागिय टोली आर्मी र एपिएफविच खेल हुने मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.