लेख विवरण

राष्ट्रिय खेल संघहरुलाई कार्यक्रमको मिति निर्धारण गर्न सदस्य सचिवको निर्देशन

राष्ट्रिय खेल संघहरुलाई कार्यक्रमको मिति निर्धारण गर्न सदस्य सचिवको निर्देशन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले विभिन्न राष्ट्रिय खेल संघहरुलाई कार्यक्रम (प्रतियोगिता लगायत)को मिति निर्धारण गर्न मंगलबार निर्देशन दिएका छन् । विभिन्न खेल संघका पदाधिकारीको उपस्थितिमा भएको बैठकमा चालू आवमा कार्यक्रम भएर पनि मिति निर्धारण नगर्ने संघका पदाधिकारीलाई यथाशीघ्र मिति निर्धारण गरी तयारीमा लाग्न निर्देशन दिएका हुन् ।

त्रिपुरेश्वरस्थित राखेपमा सदस्य–सचिव घिसिङको अध्यक्षतामा बसेको बैठकमा अखिल नेपाल फुटबल संघ, नेपाल आर्चरी संघ, नेपाल जुडो संघ, नेपाल हक्की संघ, नेपाल रिङ रेस्लिङ संघ, अखिल नेपाल टेबलटेनिस संघ, नेपाल बक्सिङ महासंघ, नेपाल खो खो संघ, नेपाल रग्बी संघलगायतका पदाधिकारी उपस्थिति रहेको थियो ।

बैठकमा सदस्य–सचिव घिसिङले संघको पेश्की, बेरुजु, संघ नवीकरण र निर्वाचनलगायतका विषयमा पनि चासो व्यक्त गरेका थिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.