लेख विवरण

झापा बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

झापा बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

धरान । झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सुनसरीको धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले चर्च ब्वाइज युनियनलाई १–० गोलअन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

धरान रङ्गशालामा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका आशिष चापागाइले निर्णायक गोल गरेका थिए । उनले खेलको ४४औँ मिनेटमा गोल गरेका थिए ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले फाइनल यात्राका लागि बिहीवार एनआरटी क्लब काठमाडौँसँग प्रतिष्पर्धा गर्ने छ । आजको खेलको म्यान अफ दी म्याच काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका विशाल घलान घोषित भइ रु १० हजार पुरस्कार प्राप्त गरे ।

बुधबार पहिलो सेमिफाइनल खेल आयोजक धरान फुटबल क्लब र मोरङ फुटबल एशोसिएसनबीच हुने आयोजकले जनाएको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.