मुम्बईलाई ७ विकेटले हराउँदै आरसीबी प्लेअफमा
काठमाडौंँ । भारतमा जारी महिला प्रिमियर लिग (डब्लुपिएल)मा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले १९ ओभरमा ३ विकेट गुमाउँदै १ सय १३ रन बनाएको थियो भने आरसीबीले १५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।
आरसीबीका लागि एलिस पेरीले अविजित ४० रनको योगदान दिएकी थिइन् ।
उनले ऋचा घोष (अविजित ३६) सँग ७६ रनको अविजित साझेदारी गर्दै टोलीको जित सुनिश्चित गरिन् ।

टिप्पणी लेख्नुहोस्