लेख विवरण

बंगलादेशविरुद्धको एकदिवसीय सिरिजका लागि श्रीलङ्काली टोली घोषणा

बंगलादेशविरुद्धको एकदिवसीय सिरिजका लागि श्रीलङ्काली टोली घोषणा

काठमाडौंँ । बंगलादेशविरुद्ध तीन एकदिवसीय खेलको शृङ्खलाका लागि श्रीलङ्का क्रिकेट टोली घोषणा गरिएको छ । घोषणा गरिएको टोलीको कप्तानमा कुशल मेदिन्स रहेका छन् । पूर्वकप्तान दासुन शनाकाले श्रीलंकाली टोलीमा मौका पाएका छैनन् । टोलीमा १६ खेलाडीले मौका पाएका छन् ।

भर्खरै भएको लिस्ट ए खेलमा नौ विकेट लिएर उत्कृष्ट लय देखाउँदै आएका तीब्र गतिका बलर लाहिरु कुमारा श्रीलंका क्रिकेट टोलीमा फर्किएका छन् । बंगलादेशविरुद्धको टी–२० शृंखलामा प्रभाव पारेका अलराउन्डर कमिन्दु मेन्डिस पनि टोलीमा फर्किएका छन् । टोलीमा ओपनिङ ब्याट्सम्यान पथुम निसान्का छन्, जो अहिले ह्यामस्ट्रिङको चोटबाट निको भएका छन् । अफ स्पिन बलिङ अलराउन्डर सहन अरचिगेले घरेलु क्रिकेटमा ब्याट र बल दुबैमा राम्रो प्रदर्शन गरेका कारण टोलीमा स्थान बनाएका छन् ।

लाहिरु कुमारासँग अनुभव छ जुन श्रीलङ्काका लागि उपयोगी हुन सक्छ। उनीहरुबाहेक तीव्र गतिका बलरका रुपमा प्रमोद मदुषन, दिलशान मदुशङ्का लगायत छन् । श्रीलङ्काका लागि लाहिरु कुमाराले २८ एकदिवसीय खेलमा ३७ विकेट लिएका छन् । त्यस्तै चमिका करुणारत्ने र जन्थ लियाङ्गेले पनि मौका पाएका छन् । स्पिन विभागको जिम्मेवारी वानिन्दु हसरंगा र महेश तीक्षनालाई दिइएको छ ।

चोटका कारण बाहिरिनेमा अनुभवी फास्ट बलर दुष्मन्थ चमेरा र ब्याट्सम्यान शेभोन डेनियल समावेश छन्, जो पछिल्लो दुई एकदिवसीय खेलमा टोलीमा थिए। टेष्ट कप्तान धनञ्जय डि सिल्भा पनि बाहिरिएका छन् । जबकि कामिन्दुको समावेशले उनलाई शेभोन डेनियल भन्दा प्राथमिकता दिएको छ।


एकदिवसीय शृंखलाका लागि श्रीलंका क्रिकेट टोलीः
कुसल मेन्डिस (कप्तान), पथुम निसान्का, अविष्का फर्नान्डो, सादिरा समराविक्रमा, चरित असालान्का, जेनिथ लियानागे, वानिन्दु हसरांगा, दुनिथ भेलालेज, प्रमोद मदुशन, लाहिरु कुमारा, महिश तिक्षिना, दिलशान मदुशान्का, अक्मिनान्का, मेनिन्दु, अक्मिनान्का, मेनिन्दु, मेनिन्दु, ड्युनिथ वेलालेज।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.