लेख विवरण

विश्वकप अघि न्युजिल्याण्डले पाकिस्तान भ्रमण गर्ने

विश्वकप अघि न्युजिल्याण्डले पाकिस्तान भ्रमण गर्ने

काठमाडौंँ । विश्वकपअघि न्युजिल्यान्डले पाकिस्तानसँग ५ टी–२० म्याचको सिरिज खेल्ने भएको छ । टी–२० विश्वकप आगामी जुन महिनामा वेस्ट इन्डिज र अमेरिकामा हुने तय भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले न्युजिल्यान्डविरुद्धको टी–२० सिरिजको तालिका सार्वजनिक गरेको छ ।

किवी टोलीले अप्रिल १८ देखि अप्रिल २७ सम्म पाकिस्तान भ्रमण गर्नेछ । १७ महिनामा न्युजिल्यान्डको यो तेस्रो पाकिस्तान भ्रमण हो ।

न्युजिल्याण्ड सन् २०२२ डिसेम्बर देखि २०२३ जनवरी सम्म दुई टेष्ट र ३ ओडिआई खेलको सिरिज खेल्न पाकिस्तान आएको थियो । टेस्ट शृंखला ०-० ले बराबरी भएको थियो। जहाँ न्युजिल्याण्डले ३ एकदिवसीय सिरिज २–१ ले जितेको थियो ।

त्यसपछि सन् २०२३ अप्रिलमा किवी टोलीले ५ टी–२० र त्यति नै एकदिवसीय सिरिजका लागि पाकिस्तान भ्रमण गरेको थियो । पाँच खेलको टी–२० सिरिज २–२ को बराबरीमा टुंगिएको थियो भने पाकिस्तानले पाँच खेलको एकदिवसीय शृंखला ४–१ ले जितेको थियो ।

त्यस्तै सन् २०२४ को सुरुवातमा पाकिस्तानी टोलीले ५ टी–२० म्याचको सिरिजका लागि न्युजिल्यान्डको भ्रमण गरेको थियो । पाकिस्तानले सिरिज ४–१ ले आफ्नो पक्षमा पारेको थियो ।

पाकिस्तान र न्युजिल्यान्डबीच सन् २०२४ को अप्रिलमा हुने पाँच टी–२० सिरिजको पहिलो तीन खेल रावलपिण्डीमा हुनेछ । त्यसपछि चौथो र पाँचौं टी–२० लाहोरमा हुनेछ ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.