लेख विवरण

इंग्ल्याण्डका ब्याट्सम्यान ह्यारी ब्रुक आईपीएलबाट बाहिरिए

इंग्ल्याण्डका ब्याट्सम्यान ह्यारी ब्रुक आईपीएलबाट बाहिरिए

काठमाडौंँ । इंग्ल्याण्डका ब्याट्सम्यान ह्यारी ब्रुक इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ बाट बाहिरिएका छन् । उनले व्यक्तिगत कारण देखाउँदै आईपीएलबाट आफ्नो नाम फिर्ता लिएका हुन् । उनी आईपीएलबाट बाहिरिने चौथो इंग्लिस क्रिकेटर हुन् ।

२५ वर्षीय ब्रुकलाई पछिल्लो लिलामीमा दिल्ली क्यापिटल्सले ४ करोड भारुमा किनेको थियो । फ्रेन्चाइजीले उनको प्रतिस्थापनको घोषणा भने गरेको छैन ।

आईपीएलको आगामी सिजन मार्च २२ बाट सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच चेपौक रंगशालामा हुनेछ ।दिल्लीको पहिलो खेल मार्च २३ मा पञ्जाब किंग्ससँग मोहालीमा हुनेछ ।

ब्रुक आइपिएल–२०२४ को पूरै सिजनबाट बाहिरिनेछ । भारतविरुद्धको ५ टेस्ट शृंखलामा उनी इंग्ल्यान्डको टिममा थिएनन् । त्यसपछि पनि ब्रुकले अन्तिम समयमा आफ्नो नाम फिर्ता लिए । ईसीबीले ब्रुकको नाम फिर्ता लिनुको कारण भने खुलाएको छैन ।

ह्यारी ब्राकु आईपीएलबाट बाहिरिने चौथो इंग्लिस क्रिकेटर बनेका छन् । यसअघि कोलकाता नाइट राइडर्सका जेसन रोय, गस एटकिन्सन र लखनउ सुपरजाइन्ट्सका मार्क उडले आफ्नो नाम फिर्ता लिइसकेका छन् । यी दुईबाहेक न्युजिल्यान्डका डोभेन कन्वेले पनि इन्डियन लिगबाट नाम फिर्ता लिएका छन् । गुजरात टाइटन्सका म्याथ्यु वेड पनि पहिलो खेलमा उपलब्ध हुने छैनन् ।

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.