लेख विवरण

श्रीलंका क्रिकेट टोलीका पूर्व कप्तान कार दुर्घटनामा गम्भीर घाइते

श्रीलंका क्रिकेट टोलीका पूर्व कप्तान कार दुर्घटनामा गम्भीर घाइते

काठमाडौंँ । श्रीलंकाको अनुराधापुरा शहरमा बिहीबार बिहान भएको दुर्घटनामा श्रीलंका क्रिकेट टोलीका पूर्व कप्तान लाहिरु थिरिमाने गम्भीर घाइते भएका छन् । उनको कार अगाडिबाट आउँदै गरेको मिनी ट्रकसँग ठोक्किएको हो । उनलाई अनुराधापुरा शिक्षण अस्पतालमा भर्ना गरिएको छ । उनको चोट कति गम्भिर छ भन्ने थाहा नभएपनि हाल उनको अवस्था स्थिर रहेको छ । गाडीमा सवार अन्य तीन जनाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

जानकारीका अनुसार थिरिमाने परिवारका सदस्यसँग धार्मिकस्थल दर्शन गर्न जाँदै गर्दा दुर्घटना भएको हो । थिरिमानेले सन् २०१० मा अन्तर्राष्ट्रिय क्रिकेट डेब्यु गरेका थिए । उनले श्रीलंकाका लागि ४४ टेस्ट, १२७ एकदिवसीय र २६ टी-२० खेल खेलेका छन्। थिरिमानेले टेस्टमा २ हजार ८८, एकदिवसीयमा ३ हजार १ सय ९४ र टी–२० मा २ सय ९१ रन बनाएका छन् ।उनी तीन टी-२० विश्वकप र दुई ओडीआई विश्वकपमा सहभागी भएका थिए, जसमा श्रीलंकाले सन् २०१४ मा भएको टी-२० विश्वकप जितेको थियो।

थिरिमानेले ५ ओडिआई खेलमा श्रीलंकाको कप्तानी समेत गरेका थिए । उनले अन्तिम पटक श्रीलंकाबाट सन् २०२२ मार्चमा खेलेका थिए। सन् २०२३ जुलाईमा आफ्नो १३ बर्षको क्रिकेट करियरबाट थिरिमानेले सन्यास लिएका थिए ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.