लेख विवरण

आइपिएलको प्रोमोमा देखिए बलिउड स्टार अक्षय कुमार र टाइगर श्राफ

आइपिएलको प्रोमोमा देखिए बलिउड स्टार अक्षय कुमार र टाइगर श्राफ

काठमाडौंँ । आइपिएल २०२४ को सिजन मार्च २२ देखि सुरु हुँदैछ । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले यस सिजनको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरको सामना गर्नेछ । चेन्नईको एम चिदम्बरम स्टेडियममा दुवै टोली आमनेसामने हुनेछन् । खेल नेपाली समयअनुसार राति ८ः१५ बजे सुरु हुनेछ । चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको खेलको प्रोमो सार्वजनिक भएको छ । प्रोमोमा बलिउड स्टार अक्षय कुमारका अलावा टाइगर श्राफ पनि देखिएका छन् ।

चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको खेलको प्रोमो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो प्रोमोलाई क्रिकेट फ्यानहरुले निकै मन पराएका छन् । प्रोमोमा बलिउड स्टार अक्षय कुमार र टाइगर श्राफका साथै क्रिकेटरहरु पनि देखिएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले लगातार आईपीएल प्रोमोमा कमेन्ट गरेर आफ्नो प्रतिक्रिया दिइरहेका छन् ।

यो सिजन महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स डिफेन्डिङ च्याम्पियनको रुपमा प्रवेश गर्नेछ । गत सिजन हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात जाइन्ट्सलाई पराजित गर्दै चेन्नई सुपर किंग्सले कीर्तिमानी पाँचौं पटक उपाधि जितेको थियो । यसरी चेन्नई सुपर किंग्स ५ पटक आइपिएल इतिहासको च्याम्पियन बन्ने दोस्रो टिम बनेको छ । यसअघि रोहित शर्माको कप्तानीमा मुम्बई इन्डियन्सले यो उपलब्धि हासिल गरेको थियो । सन् २०१३ को आइपिएलमा मुम्बई इन्डियन्स पहिलो पटक च्याम्पियन बनेको थियो । त्यसपछि मुम्बईले सन् २०१५, २०१७, २०१९ र २०२० मा उपाधि जितेको थियो । चेन्नई सुपर किंग्सले पहिलो पटक सन् २०१० मा आईपीएल उपाधि जितेको थियो । त्यसपछि सन् २०११, २०१८, २०२१ र २०२३ मा च्याम्पियन बन्यो ।

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.