लेख विवरण

गुजरातलाई ७ विकेटले हराउदै दिल्ली डब्लुपिएलको फाइनलमा

गुजरातलाई ७ विकेटले हराउदै दिल्ली डब्लुपिएलको फाइनलमा

काठमाडौंँ । दिल्ली क्यापिटल्स महिला प्रिमियर लिग (डब्लुपिएल) दोस्रो संस्करणको फाइनल प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा गुजरात जायन्ट्सलाई ७ विकेटले पराजित गर्दै दिल्लीले फाइनलमा स्थान बनाएको हो । जितसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

अरुण जेटली मैदानमा टस जितेर ब्याटिङ गरेको गुजरात टाइटन्सले २० ओभरमा ९ विकेट गुमाएर १२६ रन बनाएको थियो । जवाफमा दिल्ली क्यापिटल्सले १३.१ ओभरमा ३ विकेट गुमाएर १२९ रन बनायो। टोलीका ओपनर शेफाली वर्मा खेलको प्लेयर अफ द म्याच भइन् । उनले ३७ बलमा ७१ रनको शानदार इनिङ खेलिन्।

दिल्ली टोलीको उपाधि भिडन्त मार्च १७ मा अरुण जेटली स्टेडियममा एलिमिनेटरको विजेता टोलीसँग हुनेछ। मार्च १५ मा रोयल च्यालेन्जर्स बैंग्लोर र डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सबीच सोही मैदानमा एलिमिनेटर खेल हुनेछ ।

दिल्ली ८ खेलबाट ६ जित निकाल्दै १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ भने डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले ८ खेलबाट ५ जित निकाल्दै १० अंक मात्र जोडेको छ । बेङ्गलोर ४ जित र ४ हारसँगै ८ अंकका साथ तेस्रो स्थानमा छ ।

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.