लेख विवरण

टी–२० विश्वकप : नेपाल विरुद्ध नेदरल्यान्ड्सको टिकट सोल्डआउट भएपछि आइसिसीले गरायो थप टिकट उपलब्ध

टी–२० विश्वकप : नेपाल विरुद्ध नेदरल्यान्ड्सको टिकट सोल्डआउट भएपछि आइसिसीले गरायो थप टिकट उपलब्ध

काठमाडौंँ । आगामी जुन महिनामा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने टी–२० विश्वकपका लागि फ्यानहरु व्यग्र प्रतिक्षामा छन् । यसैबीच आइसिसीले विश्वकपको टिकटलाई लिएर ठूलो घोषणा गरेको छ । यसअघि आइसिसीले विश्वकपको पहिलो ३७ खेलका लागि फेब्रुअरी १ मा टिकट सार्वजनिक गरेको थियो । तर ती टिकटहरु सोल्डआउट भइसकेका छन् । अब आइसिसीले फेरि दर्शकहरुका लागि थप टिकट उपलब्ध गराएको छ । यसबाहेक थप १३ खेलका लागि नयाँ टिकट जारी गरिने भएको छ ।

पुरुष टी–२० विश्वकप २०२४ का ५५ खेलमध्ये ५१ खेलका लागि थप टिकट बुकिङ मार्च १९, मंगलबार बिहान १० बजे बाट गर्न सकिने छ । अर्थात नेपाली समयअनुसार साँझ ७ बजेदेखि टिकट बुकिङ गर्न सकिने छ ।

फ्यानहरुले आइसिसी टी–२० विश्वकपको आधिकारिक वेवसाइट tickets.t20worldcup.com मार्फत सुरक्षित रूपमा ३७ खेलहरुको टिकट खरीद गर्न सक्ने छन्। वेस्ट इन्डिजमा हुने खेलका लागि ६ अमेरिकी डलर र अमेरिकामा हुने खेलका लागि ३५ अमेरिकी डलरसम्म शुल्क लाग्ने भएको छ ।

यी १३ खेलका लागि टिकट जारी गरिनेछ जुन पहिले सोल्डआउट भएको थियो

सेमीफाइनल १- २६ जुन
पाकिस्तान विरुद्ध आयरल्याण्ड - १६ जुन
नेदरल्यान्ड्स विरुद्ध नेपाल - ४ जुन
अमेरिका विरुद्ध पाकिस्तान - ६ जुन
श्रीलङ्का विरुद्ध बङ्गलादेश - ७ जुन
सेमीफाइनल २ - २७ जुन
सी १ विरुद्ध ए १ सुपर आठ - २० जुन
ए २ विरुद्ध सी २ सुपर आठ - २१ जुन
ए २ विरुद्ध बी १ सुपर आठ - २३ जुन
भारत विरुद्ध आयरल्याण्ड - ५ जुन
अमेरिका विरुद्ध भारत - १२ जुन

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.