लेख विवरण

पिएसएलमा पाँच रन पेनाल्टी दिएपछि अम्पायरसँग जाइलागे रिजवान

पिएसएलमा पाँच रन पेनाल्टी दिएपछि अम्पायरसँग जाइलागे रिजवान

काठमाडौंँ । पाकिस्तानको सबैभन्दा ठूलो टी–२० लिग अर्थात पीएसएलमा बिहीबार राति एउटा अनौठो घटना देखियो । जब अम्पायरले फिल्डिङ टिमलाई पाँच रनको पेनाल्टी लगाए । कराची स्थित नेशनल स्टेडियममा भएको क्वालिफायर खेलमा मुल्तान सुल्तान र पेशावर जाल्मीको टोली आमनेसामने भएका थिए । बाबर आजमको कप्तानीमा रहेको पेशावर जाल्मीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । ११ औं ओभरको अन्तिम बलमा जाल्मीका ब्याट्सम्यान टम कोहर-क्याडमोर स्टम्पको छेउमा गएर बलर खुर्सिद शाह विरुद्ध शट खेल्न खोजे।

विकेटकिपर र मुल्तान सुल्तान्सका कप्तान मोहम्मद रिजवानले आफ्नो पन्जा खोलेर बलतर्फ दौडे। रिजवानले बल कलेक्ट गरेर स्टम्प तर्फ फ्याँके तर त्यो भुइँमा खस्यो र उनको ग्लोभ्समा ठोक्कियो, त्यसपछि अम्पायरले बलिङ टोलीलाई पाँच रनको पेनाल्टी दिए र त्यो रन पेशावर जाल्मीको स्कोरमा थपियो। यस बिषयमा रिजवानले लामो समयसम्म अम्पायरसँग कुरा गरे तर कुनै फाइदा भएन । नियमका अनुसार यसलाई 'अवैध फिल्डिङ' मानिन्छ, जसमा डिलिभरी डेड बल हुन्छ र ब्याटिङ गर्ने टोलीलाई पाँच रन दिइन्छ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.