लेख विवरण

कुस्ती संघको अध्यक्षमा कुसारी

कुस्ती संघको अध्यक्षमा कुसारी

काठमाडौंँ । नेपाल कुस्ती संघको चुनावी सधारण सभाले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य प्रकाशकुमार कुसारीको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति आइतबार निर्विरोध चयन गरेको छ ।

उपाध्यक्षमा मुकेश शाह, सूर्यान्सकुमार चौधरी र निर्मल सिग्देल, महासचिवमा कुस्तीका पूर्व मुख्य प्रशिक्षक खगेन्द्रबहादुर बस्नेत, उपमहासचिवमा साजन अधिकारी, सचिवमा सरोजकुमार कटुवाल र सूर्यनारायण शाह तथा कोषाध्यक्षमा विपुल पौडेल रहेका छन् ।

सुदीप केसी, अनिल न्यौपाने, उपेन्द्र श्रेष्ठ, ऐटनकुमार मल्ल, लक्ष्मी उराव र विक्रमसागर पोखरेल सदस्यमा चयन भए ।

साधारणको राखेपका उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । साधारण सभामा केन्द्र, ४ प्रदेश र २२ जिल्लाका ५२ प्रतिनिधिको उपस्थिति रहेको नवनिर्वाचित अध्यक्ष कुसारीले जनाएका छन् ।

अब समान १–१ वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र उपमहासचिव, ३ सचिव र ६ सदस्यको मनोनयनपछि केन्द्रीय कार्यसमितिले पूर्णता पाउने अध्यक्ष कुसारीले जानकारी गराए ।

 
कुस्ती संघको अध्यक्षमा कुसारी

कुस्ती संघका नवनिर्वाचत पदाधिकारीलगायत ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.