लेख विवरण

पूर्व पाकिस्तानी बलर श्रीलङ्काको बलिङ प्रशिक्षकमा नियुक्त

पूर्व पाकिस्तानी बलर श्रीलङ्काको बलिङ प्रशिक्षकमा नियुक्त

काठमाडौंँ । श्रीलङ्का क्रिकेट बोर्डले पाकिस्तानका पूर्व तीव्र गतिका बलर आकिब जावेदलाई आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपका लागि टोलीको तीव्र गतिको बलिङ प्रशिक्षकमा नियुक्त गरेको छ ।

क्रिकेट श्रीलङ्काले एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । जावेदले १ सय ६३ एकदिवसीय र २२ टेस्ट खेलेका थिए । उनी सन् १९९२ मा पाकिस्तानको विश्वकप विजेता टोलीका सदस्य पनि हुन।

जावेदले पाकिस्तान र युएईमा पनि काम गरिसकेका छन् । उनी पाकिस्तानका बलिङ प्रशिक्षक हुन् । पाकिस्तानले सन् २००९ मा टी–२० विश्वकप जित्दा जावेद टोलीको बलिङ प्रशिक्षक थिए ।

यसबाहेक उनी युएईको प्रशिक्षक पनि रहिसकेका छन् भने अफगानिस्तान क्रिकेट टिमसँग पनि काम गरिसकेका छन् । युएईमा रहँदा टोलीले एकदिवसीय र अन्तर्राष्ट्रिय टी(२० खेल्ने मान्यता प्राप्त गरेको थियो। उनले सन् २०१५ मा आइसिसी पुरुष एकदिवसीय विश्वकपमा स्थान बनाएका थिए भने सन् २०१४ मा आइसिसी पुरुष टी–२० विश्वकप छनोटमा पनि भाग लिएका थिए ।

जावेद सन् २००४ मा पाकिस्तान यू–१९ विश्वकप विजेता टोलीका प्रशिक्षक थिए । उनी पाकिस्तान प्रिमियर लिग (पिपिएल) फ्रेन्चाइजी लाहोर कलन्दर्सका क्रिकेट निर्देशक र मुख्य प्रशिक्षकको भूमिकामा छन् ।

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.