लेख विवरण

आइपिएल २०२४ : तीव्र गतिका बलर जेसन बेहरेनडोर्फ घाइते

आइपिएल २०२४ : तीव्र गतिका बलर जेसन बेहरेनडोर्फ घाइते

काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ अघि मुम्बई इन्डियन्सलाई ठूलो झट्का लागेको छ । टोलीका बायाँ हाते तीव्र गतिका बलर जेसन बेहरेनडोर्फ घाइते भएका छन् । बेहरेनडोर्फको स्थानमा इंग्ल्यान्डका बायाँ हाते तीव्र गतिका बलर ल्यूक वुडलाई ५० लाख भारुमा अनुबन्ध गरिएको छ ।

वुडले इंग्ल्यान्डका लागि ५ टी–२० र २ एकदिवसीय खेलेका छन् । उनको नाममा ८ टी–२० विकेट रहेको छ ।

हालसम्म विश्वभरका दर्जनौं खेलाडी इन्डियन लिगबाट बाहिरिएका छन् । ३ दिनअघि दिल्लीका फास्ट बलर लुंगी एनगिडी र ह्यारी ब्रुक, कोलकाताका जेसन रोय, गुजरात टाइटन्सका बलर मोहम्मद शामी र मार्क वुड जस्ता खेलाडी लिगबाट बाहिरिएका छन् ।

आइपिएलको आगामी सिजन मार्च २२ देखि सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच चेपक स्टेडियममा प्रतिस्पर्धा हुनेछ । मुम्बईको पहिलो खेल मार्च २४ मोहालीमा गुजरात टाइटन्ससँग हुनेछ ।

प्रतियोगितामा १० टिमबीच लिग चरणका ७० खेल हुनेछन् । यसबाहेक प्लेअफका ४ खेल हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.