अस्ट्रेलियाका स्टार ब्याट्सम्यान क्यामरुन बेनक्राफ्ट सडक दुर्घटनामा गम्भीर घाइते
काठमाडौंँ । अस्ट्रेलियाका स्टार ब्याट्सम्यान क्यामरुन बेनक्राफ्ट सडक दुर्घटनामा गम्भीर घाइते भएका छन् । बाइक दुर्घटनामा क्यामरुन बेनक्राफ्ट गम्भीर घाइते भएका हुन । क्रिकेट अस्ट्रेलियाले आफ्नो एक्स एकाउन्टबाट जानकारी दिँदै बेनक्राफ्ट अब वेस्टर्न अस्ट्रेलियाका लागि शेफिल्ड शिल्डको फाइनल खेल्न नसक्ने जनाएको छ । शेफिल्ड शिल्डको फाइनल वेस्टर्न अस्ट्रेलिया र तास्मानियाबीच हुने तय भएको छ, तर दुर्घटनापछि बेनक्राफ्ट वेस्टर्न अस्ट्रेलियन टिमको हिस्सा हुने छैनन् । उनको अनुपस्थितिमा टोलीमा आरोन होर्डी जान सक्छन।
क्रिकेट अस्ट्रेलियाले आफ्नो आधिकारिक एक्समा पोस्ट गर्दै वेस्टर्न अस्ट्रेलियाका ओपनर क्यामरुन बेनक्राफ्टले मार्श शेफिल्ड शिल्डको फाइनलमा आफ्नो बाइकबाट लडेर र टाउकोमा लागेको चोटका कारण खेल्न नसक्ने जनाएको छ । बेनक्राफ्टको अनुपस्थिति वेस्टर्न अस्ट्रेलियाका लागि ठूलो झट्का हो । उनका कारण टोली लगातार तेस्रो पटक फाइनलमा पुग्न सफल भएको हो ।
क्यामरुन बेनक्राफ्टको अन्तर्राष्ट्रिय खेललाई हेर्ने हो भने उनले अस्ट्रेलियाका लागि अहिलेसम्म १० टेस्ट र १ टी–२० खेलेका छन् । बेनक्राफ्टले १८ टेस्ट इनिङमा २६.२४ को औसतमा ४ सय ४६ रन बनाएका छन् । यो अवधिमा उनको ब्याटबाट तीन अर्धशतक आएका छन् । उनको उच्च स्कोर ८२ रन रहेको छ । जबकि टी–२० मा उनले खासै मौका पाएका छैनन् ।
आइपिएलका कारण मिचेल मार्श, क्यामरुन ग्रीन, मार्कस स्टोइनिस, एस्टन टर्नर र झाय रिचर्डसनजस्ता अनुभवी खेलाडी वेस्टर्न अस्ट्रेलियाको टोलीबाट बाहिरिएका छन् । यता क्यामरुन बेनक्राफ्ट उपाधि भिडन्तबाट बाहिरिएपछि टिमलाई ठूलो झट्का लागेको छ । क्यामरून बेनक्राफ्टले शेफिल्ड शिल्डको सिजनमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले यो सिजन ७ सय ७८ रन बनाएका छन् ।
A huge loss for WA on the eve of the #SheffieldShield final with star opener Cameron Bancroft to miss the match with concussion.https://t.co/vpm6C0Gy4x
— cricket.com.au (@cricketcomau) March 19, 2024

टिप्पणी लेख्नुहोस्