लेख विवरण

आइपिएल २०२४ मा लागू हुने छन् यी दुई नयाँ नियम

आइपिएल २०२४ मा लागू हुने छन् यी दुई नयाँ नियम

काठमाडौंँ । आइपिएल २०२४ सुरु हुन अब केही दिन मात्र बाँकी छ । आईपीएल २०२४ सिजनको सुरुवात मार्च २२ मा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेङ्गलोरबीच हुनेछ । सबैले यो सिजनको व्यग्र प्रतिक्षा गरिरहेका छन् । आइपिएलमा यो सिजन गरिएका केही परिवर्तन र लागू गरिएका केही नियमको कुरा गर्ने हो भने यस पटकदेखि लागू हुन लागेको नियमले अम्पायर र बलरलाई निकै राहत दिने भएको छ । यो पटक आइपिएलमा कस्तो खालको नयाँ नियम लागू भइरहेको छ, आउनुहोस् जानौं ।

यस पटक आइपिएलमा लागू गरिएको नियमले बलर र अम्पायरलाई निकै राहत मिल्ने भएको छ । आईपीएल २०२४ मा अम्पायरका लागि स्मार्ट रिभ्यु सिस्टम र बलरका लागि बाउन्सरको केही नियम लागू गरिएको छ । आउनुहोस्, यी सबै नियमलाई विस्तारमा बुझौं ।

अब बलरले एक ओभरमा दुई पटक बाउन्सर बल फाल्न पाउने छन् । यसअघिको नियमअनुसार बलरले एक ओभरमा एक पटक मात्र बाउन्सर हान्न पाउँथे । तर, अहिलेको आइपिएलमा यो नियम परिवर्तन गरिएको छ । यसअघि यो नियम भारतीय घरेलु टी–२० प्रतियोगिता सैयद मुश्ताक अली ट्रफीमा प्रयोग गरिएको थियो । यो नियमले खेलको रोमाञ्चकता पनि बढाउनेछ । अब यदि बलरले तीन पटक बाउन्सर गर्यो भने मात्र त्यसलाई नो-बल मानिनेछ।

आइपिएल २०२४ मा लागू हुने सबैभन्दा चर्चित नियम स्मार्ट रिभ्यु सिस्टम हो । यो नियमले अम्पायरलाई निकै मद्दत गर्नेछ । यो नियमअनुसार थर्ड अम्पायर र हक आइ अपरेटर एउटै कोठामा बस्नेछन् । यसले टिभी अम्पायरहरूलाई निर्णय दिन धेरै मद्दत गर्नेछ। यसअघि टिभी प्रसारण निर्देशकले टिभी अम्पायर र हक–आईबीच महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्दथे । तर अब टिभी प्रसारण निर्देशकको भूमिका समाप्त हुनेछ । अब टिभी अम्पायरलाई कुनै पनि निर्णय दिन प्रसारण निर्देशकको आवश्यकता पर्ने छैन । अब टिभी अम्पायरले सीधै हक–आईसँग सम्पर्क गरेर निर्णय दिन सक्नेछन् ।

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.