लेख विवरण

टी–२० क्रिकेटमा कोहलीको १२ हजार रन पूरा

टी–२० क्रिकेटमा कोहलीको १२ हजार रन पूरा

काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को १७ औं सिजनको उद्घाटन खेल चेपौक रंगशालामा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) र चेन्नई सुपर किंग्स (सीएसके)बीच जारी छ । खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले टस जितेर ब्याटिङ गरिरहेको छ ।

टोलीले ९ ओभरमा तीन विकेट गुमाएर ६३ रन बनाएको छ । विराट कोहली र क्यामरुन ग्रीन क्रिजमा छन् । कोहलीले टी–२० क्रिकेटमा १२ हजार रन पूरा गरेका छन् ।

ग्लेन म्याक्सवेल शून्य रनमा आउट भए । उनलाई दीपक चाहरले विकेटकिपर एमएस धोनीको हातमा क्याच आउट गराएका थिए । यसअघि मुस्ताफिजुर रहमानले रजत पाटीदार (० रन) र कप्तान फाफ डु प्लेसिस (३५ रन)लाई प्याभिलियन पठाए ।

रुतुराज गायकवाडले आईपीएलमा पहिलो पटक कप्तानी गर्दैछन् । एक दिन अघि महेन्द्र सिंह धोनीले उनलाई सीएसके टोलीको कमाण्ड सुम्पेका थिए।

दुवै टोलीको प्लेइङ–११ :

चेन्नई सुपर किंग्स (सिएसके): रुतुराज गायकवाड (कप्तान), रचिन रविन्द्र, अजिंक्य रहाणे, डेरिल मिचेल, रवीन्द्र जडेजा, समीर रिजवी, एमएस धोनी (विकेटकिपर), दीपक चाहर, महेश टेकशाना, मुस्ताफिजुर रहमान र तुषार देशपांडे।

रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी): फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, रजत पाटीदार, ग्लेन म्याक्सवेल, क्यामरन ग्रीन, दिनेश कार्तिक (विकेटकिपर), अनुज रावत, कर्ण शर्मा, अल्जारी जोसेफ, मयंक डागर र मोहम्मद सिराज।

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.